बागमती : सर्लाहीमा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
घर नजिकै रहेको बागमती सिँचाई आयोजनाको कुलोमा डुबेर बागमती नगरपालिका–१०, बस्ने दिनेश मल्लिकका १४ वर्षीय कृष्णको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।
कुलोमा बालक तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बालकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।