सप्तरीमा भाइले बञ्चरो प्रहार गरी दाइको हत्या

सप्तरी : सप्तरीमा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

जिल्लाको राजविराज नगरपालिका-२ स्थित पडरियामा स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै ४० वर्षीय दाजु लोकेन्द्रको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्।

लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै