बलरा : सर्लाहीमा खोलामा डुबेर एक किशोरीको ज्यान गएको छ ।
बलरा नगरपालिका–६ मिर्जापुर बस्ने बिकाउ बैठाकी १६ वर्षीया छोरी रंगिला कुमारीको शनिबार अपराह्न खोलामा डुबेर मृत्यु भएको हो ।
रंगिला घाँस काटेर घर फर्कने क्रममा करिब ४:४५ बजे स्थानीय पुरानो मनुसमारा खोला तर्दा उनको खुट्टा चिप्लिएको लडेपछि उनको टाउको जलकुम्भीमा फस्दा डुबेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
घटनाबारे साँझ साढे पाँच बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गडहियाबाट गएको टोलीले घटनास्थलको मुचुल्का उठाउनुका साथै प्रारम्भिक अनुसन्धान गरेको थियो ।
मृतक किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ भने घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।