सिरोहिया पक्राउ परेको विरोधमा धनुषा सरकारी वकिल कार्यालयमा घम्साघम्सी

जनकपुरधामः नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विरोधमा जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा घम्साघम्सी भएको छ।

नागरिक समाज धनुषासहित संघ संस्थाले सिरोहिया पक्राउको विरोधमा नाराबाजी गरेका हुन्।

सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य सङ्घ र नेविसंघका कार्यकर्ता धनुषा अदालत अगाडि प्रदर्शन र नाराबाजी गरेका थिए।

राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ।

सिरोहिया समर्थनमा आएको नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको हो।

सम्बन्धित समाचार

सबै