कृष्ण जन्माष्टमीको अवसरमा हरिपुर नगरपालिकाले दियो बिदा

हरिपुर : हिन्दुहरूको महान पर्व कृष्ण जन्माष्टमीको अवसरमा सर्लाहीको हरिपुर नगरपालिकाले आगामी भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी उक्त जानकारी गराएको हो।

नगर प्रमुख गोपाल पन्जियारद्वारा हस्ताक्षरित सूचनामा २०८२ साल श्रावण ३१ गते शनिबार परेको कृष्ण जन्माष्टमी पर्व र त्यस अवसरमा नगर क्षेत्रभित्र विभिन्न स्थानमा लाग्ने मेलालाई दृष्टिगत गरी भदौ १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

नगरपालिकाको निर्णयअनुसार, हरिपुर नगरपालिका कार्यालय, अन्तर्गतका सबै वडा कार्यालयहरू, तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्। यद्यपि, स्वास्थ्य संस्थाहरू जस्ता आकस्मिक सेवा प्रवाह गर्ने निकायहरू भने नियमित रूपमा सञ्चालन हुने सूचनामा स्पष्ट पारिएको छ।

बिदाका कारण सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमाप्रार्थी रहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै