सर्लाहीमा गोली हानी शिक्षकको हत्या

लालबन्दी : सर्लाहीमा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ। हरिपुर्वा नगरपालिकामा शिक्षकमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट नगरपालिका वडा नम्बर-५ निवासी अन्दाजी ४० वर्षीय रामपुकार रायको मृत्यु भएको हो । मृतक शिक्षक निजी विद्यालयका शिक्षक रहेको खुलेको छ । उनको टाउकोमा गोली लागेको छ ।

मृत्यु भनिए पनि प्रहरीले भने पुष्टि गरिसकेको छैन ।
घटनाबारे विस्तृत विवरण आउन बाकी रहेको सर्लाही प्रहरी प्रवक्ता सरोज राइले बताए ।

सम्बन्धित समाचार

सबै