सप्तरीमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परी पतिपत्नीकै मृत्यु

सप्तरी : सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ।

गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको हो ।

शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र चौधरी र दुर्गानन्द्र चौधरीले थापेको करेन्ट प्रवाह भइरहेको बारमा उनीहरु परेको बताइएको छ ।

शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ । घटना लगत्तै प्रहरीले महेन्द्र र दुर्गानन्दलाई पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार

सबै