सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र शाहको ७० वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।