सप्तरी : सप्तरीमा एक परिवारका सबै सदस्यहरुलाई बेहोस पारेर लुटेरा समूहले चोरी गरेको छ।
जिल्लाको राजविराज नगरपालिका-५ लङ्काटोलस्थित भगवान सोनीको घरमा लुटपाट भएको हो।
केही दिनअघि विवाह भएकी छोरी माइत आएको मौका पारेर मंगलबार राति सोनीको घरबाट २३ तोला सुन, चाँदीका गहना, मोबाइल र ५० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।
सोनीका ज्वाइँ अमित कुचेरियाले घरका सबै सदस्यलाई औषधि सुँघाएर बेहोस बनाएर चोरी गरेको जानकारी प्रहरीलाई दिएका छन् ।