राैतहटमा छुरा प्रहार गरी एक युवककाे हत्या

लालबन्दी : राैतहट छुरा प्रहार गरि एक युवकको हत्या भएको छ।

गाैर नगरपालिकाकाे वडा नम्बर ५ गाैरी शंकर क्याम्पस क्षेत्रमा बुधबार यमुनामाई गाउपालिका–५ झुन्खुनुवा १७ वर्षीय मोहम्मद सहाबुद्दिनलाई छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारी दिएको छ ।

प्रहरीले छुरा प्रहार गरेकाे आराेपमा गाैर वडा नम्बर ३ का २० वर्षीय सनाेज रामलाई नियन्त्रणमा लिइएकाे छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै