रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

लालबन्दी : रौतहटमा शनिबार राती फेला परेको संकास्पद सुटकेश भित्र बाट महिलाको शब फेला परेको छ।

रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेश फेला परेको थियो।

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ।

हालसम्म मृतकको पहिचान खुलेको छैन। प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै