रुबी हत्याकाण्डका अभियुक्तले गरे आत्मदाह प्रयास

रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ ।

गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको पाइएको छ। रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ की २६ वर्षीय रुबी कुमारी शाहको गत शनिबार हत्या भएको थियो ।

उनको सब सुटकेसमा फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै