वडासदस्यको निधनमा बरहथवा नगरपालिकाले दियो शोक बिदा

बरहथवा : वडासदस्यको निधन भएकाले सर्लाहीको बरहथवा नगरपालिकाले आज बिहिबार शोक बिदा दिएको छ।

बरहथवा नगरपालिका-९ का निर्वाचित वडासदस्य राधेश्याम महतोको निधनमा दुःख व्यक्त गर्दै नगरपालिकाले बिहिबार बिदा दिने निर्णय गरेको हो।

आज नगरपालिका कार्यालय मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ।

वडासदस्य महतोको भदौ १९ गते (आज) असामयिक निधन भएको हो। महतो नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित समाचार

सबै