प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, कुलमान र अर्याल मन्त्री बन्ने सम्भावना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा ९जेन–जी० आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ ९१ र २०मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।

राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

यसैबिच अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी पूर्वप्रमुख कुलमान घिसिङलाई मन्त्री बनाउने चर्चा चलेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार कार्कीले अहिले तीन सदस्य मन्त्रिपरिषद् बनाउन चाहेकी छन् ।

-अनलाइनखबरबाट

सम्बन्धित समाचार

सबै