मलंगवा : मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन्।
अस्ति राति ‘ओगटन’ अर्थात् दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन्।
पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत संकल्प गरेर चोखोनिधो खाने, अष्टमीका दिन निराहर व्रत बस्ने र नवमीका दिन व्रत समापन गर्ने प्रचलन छ।
यो पर्वमा बर्तालुले दिवङ्गत सासू, बूढीसासू, ज्यामै सासू र जेठानी÷देवरानी र मातृकूललाई स्मरण गर्दै व्रत पूरा गर्न आशिष र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन्।