बागमतीः चितवनको भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरिएका सर्लाहीका एक बालकको उपचारमा आर्थिक समस्या भएको छ।
सर्लाहीको बागमती नगरपालिकाका बद्री खडकाका ५ वर्षीय छोरा रोनिकको उपचारमा आर्थिक अभाव भएकाले परिवारले आर्थक सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका हुन्।
आफूहरूसँग छोराको उपचार गराउन पर्याप्त रकम नभएकाले सहयोग माग्नु परेको बद्रीले बताए।
रोनिक एडल्ट एक्युट माइलोइड ल्युकेमिया (एएमएल) क्यान्सरको रोगबाट ग्रसित भएका अस्पताललाई उद्धृत गर्दै रोनिका बुवा बद्रीले बताए।
यो रोगले हड्डीमा ठूलो संख्यामा असामान्य रक्त कोशिका बनाउने गर्छ, यस प्रकारको क्यान्सरका बिरामीको चाँडै उपचार नगरिए मृत्युसम्म गराउन सक्ने चिकित्सकहरू बताउने गर्छन्।
‘छोराको उपचारका लागि केही टेवा पुग्छ कि भनी आफन्त,साथीभाइ ,इस्टमित्र, संघसस्था ,शुभेच्छुक ,शुभचिन्तक सम्पूर्णमा सहयोगको अपेक्षा गरेको छु,’ बद्रीले भने।
साथै उनले सामाजिक सञ्जालमा पनि पोस्ट गर्दै छोराको उपचारका लागि सहयोग मागेका छन्।
उनलाई सहयोग गर्न चाहने सहयोगी मन भएकाहरूले छोरा रोनिक खड्काको एनआइसी एसिया बैंकमा रहेको खाता नम्बर 0145751345396002 मा रकम जम्मा गराइदिन बद्रीले अनुरोध गरेका छन्।