लालबन्दी : सर्लाहीमा ट्रक र टाटा योद्धा (पिकअप) ठोक्किँदा दुई जना घाइते भएका छन्।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र टाटा योद्धा गाडी (पिकअप) ठोक्किँदा दुई जना चालक घाइते भएका हुन्।
लालबन्दी नगरपालिका-१७, रानिगञ्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ०३८८ नम्बरको योद्धा गाडी (पिकअप) आपसमा ठोक्किएर सडकबाट तल खसेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।
बिहान करिब साढे ४ बजे भएको उक्त दुर्घटनामा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–४ का ३७ वर्षीय राजेन्द्र लामा र योद्धा गाडी (पिकअप) चालक सिरहा कर्जन्हा नगरपालिका-४ का ३२ वर्षीय दुर्गा विक घाइते भएका छन्।
दुबै सवारी चालकको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ। ट्रक चालक लामालाई गम्भीर चोट लागेको छ भने पिकअप चालक विकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।