लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूको बर्दिबास तथा लालबन्दीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगर जाँदै गरेको बाप्र०१–००६ ख ६३०६ नम्बरको ‘समय’ नामक बस जसमा ३९ यात्रु सवार थिए र महोत्तरीको रामगोपालपुरबाट भैरहवा जाँदै गरेको ना६ख २९२८ नम्बरको चामल लोड ट्रक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनापश्चात् दुवै सवारी साधन आ–आफ्नो लेनबाट सडकमुनि पल्टिएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीका अनुसार सडक अवरुद्ध नभएको र थप अनुसन्धान भइरहेको छ ।
शुभस्वस्तिक अस्पताल बर्दिबासमा उपचाररत घाइतेहरूः
लाल कुमारी श्रेष्ठ वर्ष ४०, मोरङ, रंगेली नपा
युनिशका राउत वर्ष १५, मोरङ, रंगेली नपा–९
सविता रेग्मी वर्ष ३९, मोरङ, विराटनगर महानगरपालिका –३
प्रिसा भट्टराई वर्ष ८ मोरङ, विराटनगर महानगरपालिका –३
रामशरण मण्डल भारत, हाल काठमाडौँ
लोक बहादुर विक वर्ष ५२, मोरङ, कोशी हरैचा नगरपालिका–९
मोडल अस्पताल लालबन्दीमा उपचाररत घाइतेहरू :
सविक्षा राई वर्ष २९, मोरङ, विराटनगर महानगरपालिका –४
सवारी चालक र सहचालकको विवरणः
ट्रक चालकः राजु चौधरी वर्ष २६, सर्लाही, हरिपुर्वा नगरपालिका–८
ट्रक सहचालकः महेश महतो वर्ष २७, धनुषा, क्षिरेश्वर–७
बस चालकः प्रेम कोइराला वर्ष ४०, मोरङ, विराटनगर–३
बस सहचालकः जनक चौधरी वर्ष ४६, बेलबारी नगरपालिका –४