जनकपुरधामः नागरिकता किर्ते मुद्दामा हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको माग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर ४ घण्टा धर्नामा बसेका छन्।
मेयर मनोजकुमार साह शुक्रबार धनुषा जिल्ला अदालत अगाडि ४ घण्टा धर्नामा बसेका थिए। साह बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म धर्नामा बसेका हुन्।
कान्तिपुर दैनिकका प्रकाशक सिरोहिया मंगलबार कार्यकक्षबाट पक्राउ परेका थिए। उनलाई थप तीन दिन हिरासतमा राख्न धनुषा जिल्ला अदालतले अनुमति दिइसकेको छ।
यसैबीच स्वास्थ्यमा समस्या आएको भन्दै सिरोहिया जनकपुरधाममै रहेको सुविधासम्पन्न काव्या अस्पतालमा भर्ना भएका छन्। उनको मुटुको चालमा गढबडी आएको बताइएको छ।