गोडैता : देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन् । बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ।
पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा मापन भएको छ।
त्यहाँ २७० मिलिमिटर वर्षा मापन भएको। यो अति धेरै भारी वर्षा हो। तराइका अन्य आसपास जिल्लामा पनि भारी वर्षा भएको छ। बारा पर्सामा पनि २०० मिलिमिटर भन्दा बढी वर्षा भइसकेको छ।
बागमती, मधेस र कोसी प्रदेशका थुप्रै केन्द्रहरू खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।