रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

लालबन्दी : रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ।

अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २, हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै