बसबरियामा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मलंगवा : सर्लाहीको बसबरिया गाउँपालिका-१ मा ट्याक्टरले किचेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मानपुरस्थित सडकमा प्र२-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका-३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको शनिबार साँझ मृत्यु भएको छ।

ट्याक्टर र ट्याक्टर चालक रामनगर गाउँपालिकाका ५० वर्षीय राम अवतार साहलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै