दे‍उसी खेलेर उठ्यो डेढ लाख बढी, विद्यालयको अक्षयकोष बनाइने

लालबन्दी । लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा रहेको माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न खेलिएको देउसीभैलो कार्यक्रममा डेढ लाखभन्दा बढी रकम संकलन भएको छ ।

देउसीभैलोबाट एक लाख ५६ हजार ४०० रुपैयाँ संकलन भएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीले सामूहिक रूपमा देउसीभैलो खेलेका थिए । संकलित उक्त रकम विद्यालयको अक्षयकोष बनाएर राखिने विद्यालय प्रधानाध्यापक गोपाल श्रेष्ठले जानकारी दिए ।

अक्षय कोषबाट प्राप्त ब्याजले विद्यालयका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनले बताए।

सम्बन्धित समाचार

सबै