लालबन्दीमा एक पुरुष मृत अवस्थामा फेला

लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीस्थित चुरेभेगको जंगलमा आज दिउँसो एक पुरुष मृत फेला परेका छन्।

मृतक ५३ वर्षीय भरत बस्नेत लालबन्दी–१६ परवानीपुर पक्का बाँधका बासिन्दा रहेको खुलेको छ। उनी लालबन्दी–१५ को भूमराबाट देउराली गाउँ जाने बाटो छेउको जंगलमा बेवारिसे अवस्थामा मृत फेला परेका हुन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार, मृतकका छोराले शवको सनाखत गरेपछि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

परिवारका सदस्यहरूले बस्नेत अत्यधिक मदिरा सेवन गर्ने गरेको बताएका छन्।

सम्बन्धित समाचार

सबै