चन्द्रनिगाहपुरबाट लागुऔषधसहित सर्लाहीका दुई युवक पक्राउ

हरिवन : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकी डिएसपी रुपा लाबुगं जानकारी दिएकी छन्।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–१६ का बुद्ध सिंह वाइबा र सर्लाहीकै हरिवन–३ का सरिन योन्जन रहेका छन्। उनीहरूका झोलाबाट प्रहरीले १३० पिस ट्रामोल बरामद गरेको प्रहरीले जनाएको छ।

डिएसपी लाबुगंका अनुसार चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैध रूपमा राखिएको ट्रामोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागू औषध (व्यवस्थापन) सम्बन्धी ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार

सबै