रौतहटको लालबकैया नदीको पुलमा साइकलसँगै शव फेला

हरिवनः रौतहटको लालबकैया पुलमा आइतबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

रौतहटको मौलापुर र देवाही गोनाही नगरपालिकाको सीमा नाका लाल बकैया नदीस्थित पुलमा आइतबार बिहान साइकलसँगै एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

उक्त  शव रौतहटकै बौधीमाई नगरपालिका वडा नम्बर ८ सरमुजवाका अन्दाजी ५५ वर्षीय राजमंगल राय यादवको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ। अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

सम्बन्धित समाचार

सबै