बारा । बाराको सिमरामा जारी युवाहरूको आन्दोलन शुक्रबार १० बजेसम्मका लागि स्थगित भएको छ।
नेकपा एमाले निकट युवा संघका कार्यकर्तालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सिमराका युवाहरूले बिहीवार पनि आन्दोलन जारी राखेका थिए। बिहीवार अपराह्नदेखि शुक्रबार १० बजेसम्मलाई आन्दोलन स्थगन गरेका हुन्।
युवा संघका ८ जना नेता कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै महेन्द्र राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शन गरेका छन्।
राजमार्गमा गरेको अवरोध हटेपछि सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन सहज भएको छ। बुधवार नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको कार्यक्रममा जाने तय भएसँगै जेनजी युवाहरूले आन्दोलन शुरु गरेका थिए।