रौतहटबाट दुई थान पेस्तोलसहित एक युवक पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।

शनिबार सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार

सबै