सप्तरीमा क्रिकेट खेलेर फर्कदै गर्दा भाइको मृत्यु, दाजु बेहोस

सप्तरी । सप्तरीमा क्रिकेट खेलेर घर फर्किदै गरेका दाजु–भाई मध्ये भाइको बेहोस भएर मृत्यु भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन्।

शनिबार घर नजिकै रहको खेल मैदानमा क्रिकेट खेलेर घर फर्किएका शम्भुनाथ नगरपालिका १ निवासी १३ वर्षीय राकेश यादवको मृत्यु भएको हो भने १६ वर्षीय दाजु रुपेश यादव बेहोस भएर अस्पताल भर्ना भएका हुन्।

खेल मैदानबाट घर फर्के लगत्तै राकेश बेहोस भई ढलेको र तत्काल राकेशको मृत्यु भएको बुवा किसुनदेव यादवले बताए। दाजु रुपेशको अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्युका कारण पोस्टमार्टको रिपोर्टपछि खुल्ने र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

सम्बन्धित समाचार

सबै