तीन वर्षअघि मलेसिया पुगेका सर्लाहीका युवक मृत फेला

गोडैता : तिन वर्षअघि मलेसिया पुगेका सर्लाहीका एक नेपाली युवकको मृत्यु भएको छ ।

गोडैता-११, सिसौटिया घर भएका २३ वर्षीय केशव झाको शुक्रबार मृत्यु भएको हो । मलेसियाको सेलेङरस्थित हाइकम यामाहा कम्पनीमा उनी कार्यरत थिए ।

बिहिबार कम्पनीमा काम सकेर कोठा पुगेका उनी शुक्रबार बिहान मृत अबस्थामा फेला परेको त्यहाँ कार्यरत एक नेपालीले जानकारी दिएका हुन् ।

झाको शव पोस्टमार्टमका लागि अस्पतालतर्फ लगिएको छ। घटनाबारे मृतकको परिवारलाई जानकारी गराइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाइने बताइएको छ।

सम्बन्धित समाचार

सबै