रौतहट । सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने दुई छोरा र एक छोरी घाइते भएका छन्।
जिल्लाको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक रहेको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा शुक्रबार बस र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिकापुरले जनाएको छ।
दुर्घटनामा परी जिल्लाको वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेललाई चिकित्सकको मृत्यु भएको छ।
दुर्घटनापछि घाइते भएकाहरूलाई तत्काल चन्द्रपुस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारका लागि पठाइएको थियो।
उपचारकै क्रममा साँझ सवा ५ बजेतिर चिकित्सकले पटेललाई मृत घोषणा गरेको थियो। मृत्यु पटेलले नै चलाएको मोटरसाइकलमा सवार उनका तीन छोराछोरी घाइते भएका छ्न्।
घाइते हुनेमा १२ वर्षीय युवराज पटेल ११ वर्षीया आकृती पटेल र १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जानकारी दिएको छ ।
घटनापछि बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।