सर्लाहीमा नक्कली नोटसहित एक जना पक्राउ

हरिपुर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५ छपकैया बस्ने ३० वर्षीय फिरोज खान रहेका छन्। उनलाई बुधबार बेलुकी इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार रहेका खानलाई चेकजाँच गर्दा उनको साथबाट ती नक्कली नोटहरू फेला परेका थिए।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै