सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ मा रहेको एसबिआई बैंकको शाखामा लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।
प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पहिचान नखुल्ने गरी आएका करिब ५ देखि ६ जनाको समूहले बैंकको सुरक्षा गार्डमाथि कुटपिट गरी लुटपाट गरेका हुन् ।
प्रहरीका अनुसार काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर करिब ६ जनाको रहेको नकावधारी समूह फरार छ ।
जसमध्ये १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटपाटको क्षति विवरण र संलग्न व्यक्तिहरूको पहिचानबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।