सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयले पक्राउ गरेका छन् ।
स्थानीयले सोही गाउँपालिकाको वडा नम्बर-१, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन् । स्थानीयबाट खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो।
कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएका थिए। लुटपाटमा प्रयोग भएको गाडी र त्यस्का चालकलाई हिजै नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ।
घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको पुष्टि भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।