
काठमाडौँ : सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने घोषणा गरेको छ।
आर्थिक वर्ष ९आव० २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन्।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरु गरिने मन्त्री पुनले बजेटमार्फत घोषणा गरेका हुन्। भरतपुर विमानस्थल आगामी आवभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ।
यसका लागि ३६ करोड विनियोजन गरेको अर्थमन्त्री पुनले बताए।