सडक स्तरोन्नतिका कारण लालबन्दीमा विद्युत् सेवा अवरुद्ध हुने

लालबन्दी । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको लालबन्दी वितरण केन्द्रले सडक स्तरोन्नति कार्यका कारण विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार २०८२ साल माघ २२ गते (बिहीबार) लालबन्दी नगरपालिका वडा नं. ०४ स्थित बस्तीपुर पुलमा रहेको ११ के.भी. लाइनका पोलहरू सार्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

यस अवधिमा लालबन्दी फिडरबाट सञ्चालित नवलपुर बजार, लालबन्दी बजार, रानीगञ्ज, फुलजोर, परवानीपुर तथा धरिकाधन आसपासका क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअघि नै काम सम्पन्न भएमा विद्युत् सेवा समयभन्दा अगावै सुचारु हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ। विद्युत् अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

सम्बन्धित समाचार

सबै