महोत्तरीमा ट्याक्टरको रोटाभेटरले काट्दा दुई बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ ।

मटिहानी नगरपालिका–४ मझौरा गाउँमा बिहीबार दिउँसो रोटाभेटरले काटेर स्थानीय इमरान राइनकी छोरी सात वर्षीया फरहाना खातुन र समतुल्लाह राइनकी छोरी आठ वर्षीया रफियाखातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

ज.१ त. ९७८२ नम्बरको ट्याक्टरमा बसाएर स्थानीय गरिब आलमको खेत जोतिरहेका बेला अचानक दुवै बालिका रोटाभेटरमुनि खस्दा घाँटी काटिएर घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै