अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालय बन्द

चन्द्रनिगाहपुरः अत्यधिकम गर्मी हुन थालेपछि रौतहटमा विद्यालय बन्द गरिएका छन्। लगातार गर्मी बढेपछि रौतहटमा सामुदायिक तथा निजी विद्यालय बन्द गरिएका हुन्।

गर्मीका कारण विद्यालयमा विद्यार्थीसमेत आउन छाडेपछि २ दिनका लागि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जनाएको छ। तर जिल्लामा रहेका केही निजी विद्यालय भने सञ्चालनमा रहेका छन्।

गर्मीले छात्रछात्राहरू कक्षा कोठामै मुर्छित हुन थाले पछि इकाईले जिल्लाका ८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयलाई वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न परिपत्र गरेको थियो।

त्यसपछि पालिकाहरूले विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेका हुन्। बारा तथा पर्साका केही स्थानीय तहले पनि गर्मी अत्यधिक बढेपछि धमाधम विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

सम्बन्धित समाचार

सबै