
मलंगवा : जिल्लामा अवैध रूपमा सञ्चालित मदिरा भट्टीमा छापा मारेको छ।
यस क्रममा हिजो (बुधबार) भाडसरबाट खटिएको प्रहरीले १३ वटा रक्सी भट्टीमा रहेका कच्चा पदार्थहरू नष्ट गरेको जनाएको छ।
मलंगवा नगरपालिका वडा नम्बर ५ भाडसरस्थित रक्सी भट्टीहरुमा रहेको ७ हजार लिटर रक्सी, रक्सी बनाउन प्रयोग गरिने ६ वटा मेसिन, ४० वटा ड्रम प्रहरीले नष्ट गरेको हो।
त्यस्तै मलंगवा नगरपालिका ६ खुटौनामा रहेको रक्सीभट्टी भित्र रहेको एउटा चुलोसमेत प्रहरीले नष्ट गरेको छ। प्रहरीका अनुसार नष्ट गरिएका ती सामग्रीहरूको मूल्य २ लाख २० हजार भन्दा बढी रहेको छ।
पछिल्लो समय जिल्लाका दक्षिणी क्षेत्रमा सञ्चालित यस्ता अवैध रक्सी भट्टीहरूमा प्रहरीले कडाइ गर्न थालेको छ। यसअघि सर्लाही प्रहरीले विष्णु गाउँपालिका र गोडैता नगरपालिका क्षेत्रका विभिन्न मदिरा भट्टी नष्ट गरेको थियो।