प्रमाणित भ्रष्टाचारी नेताले भने, ‘गगन थापाले राजीनामा दिनुपर्छ भन्नेहरू कांग्रेसका अन्तरघाती हुन्

धनकौल । नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति तथा मधेस प्रदेशका उपसभापति वीरेन्द्र प्रसाद सिंहका दाई सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरूलाई पार्टीका अन्तरघातीको संज्ञा दिएका छन्।

सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै भनेका छन्,गगन थापाले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भन्नेहरू नेपाली कांग्रेसको झण्डा बोकेर घन्टिमा भोट दिने अन्तरघाती व्यक्तिहरू हुन् ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रैबाट उनको राजीनामाको माग उठिरहेको छ।

थापालाई सर्लाहीको राजनीतिमा ल्याउनमा वीरेन्द्र र सुरेन्द्रको भूमिका रहेको बताइन्छ। निर्वाचनमा हार बेहोरेपछि, यी दुईले नै थापालाई ल्याएर हराएको भन्दै स्थानीय कार्यकर्ताहरू थप आक्रोशित भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८० फागुन १५ गते सुरेन्द्रलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद सजाय तोकेको थियो।

उनीमाथि सिसौका रुख कटान गरी बिक्रीबाट प्राप्त रकम हिनामिना गरेको आरोप थियो। विशेष अदालतले सो मुद्दामा उनीबाट १ करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

सम्बन्धित समाचार

सबै