वैदेशिक रोजगारको प्रलोभन देखाएर ठगी गर्ने सर्लाहीका एकसहित दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंका ४३ वर्षीय निरबहादुर कार्की र सर्लाहीका ३९ वर्षीय विजय कुमार यादव रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका निरबहादुर कार्कीले क्रोएसिया पठाउने प्रलोभन देखाई ८ जना व्यक्तिहरूलाई ठगी गरेको आरोप छ ।

त्यस्तै, विजय कुमार यादवले कतार पठाइदिन्छु भन्दै पीडितबाट २ लाख २० हजार रुपैयाँ असुल गरी ठगी गरेको उजुरी परेको थियो ।

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम लिने तर विदेश नपठाई सम्पर्कविहीन हुने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सबै