सर्लाहीमा करेन्ट लागेर ५० वर्षीया महिलाको मृत्यु

मलंगवा । सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका–६, मलघट्टाटोल बस्ने रामानन्द रायकी श्रीमती ५० वर्षीया मिथलेसीया देवीको करेन्ट लागेर ज्यान गएको हो ।

१६ गते आफ्नै घरको पछाडि रहेको ट्युबेलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाउने क्रममा अचानक करेन्ट प्रवाह हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

घटनाको जानकारी पाउनासाथ प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै