महोत्तरीमा इनार खन्ने क्रममा निसास्सिएर सर्लाहीका युवकको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजारस्थित परडिया टोलमा इनार खन्ने क्रममा निसास्सिएर सर्लाहीका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर निवासी वसन्तकुमार महतो रहेका छन्। परडिया टोलमा इनार खन्ने काममा संलग्न रहेका महतो इनारभित्र काम गरिरहेको अवस्थामा अचानक निसास्सिएका थिए।

घटनालगत्तै स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि तत्काल अस्पताल पुर्‍याएका थिए। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै