फेरिए सर्लाहीका सीडीओ

काठमाडौँ । गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ ।

शुक्रबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो। मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् । 

जसअनुसार सर्लाहीका सीडीओ पनि फेरिएका छन्। सर्लाहीका सीडीओ रामुराज कडरियालाई गृहमन्त्रालय सरुवा गरिएको छ। धादिङमा बहाल रहेका विजयराज सुवेदीलाई भने सर्लाही सरुवा गरिएको छ।

सम्बन्धित समाचार

सबै