सर्लाहीमा ८० मिटर अग्लो टेलिकमको टावरमा चढेका युवकको उद्धार प्रयास जारी

मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेका छन्। गएराति करिब ८० मिटर उचाइको उक्त टावरमा गोडैता नगरपालिका-९, बकैनिया बस्ने २४ वर्षीय अफसर आलम चढेका हुन्।

आलम टावरमा चढेर आफ्नो साथीलाई फोन गरेपछि मात्र यो घटना सार्वजनिक भएको थियो। हाल उनलाई सकुशल उद्धार गर्नका लागि नेपाल टेलिकमको कार्यालय परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ।

सुरक्षाकर्मीहरूले युवकसँग मोबाइल फोनमार्फत संवाद गर्दै उनलाई सम्झाइबुझाई तल ओर्लिन आग्रह गरिरहेका छन्। यद्यपि, ती युवकले हालसम्म तल आउन मानेका छैनन्।

आलम के-कति कारणले टावरमा चढेका हुन् भन्ने कुरा अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान तथा उद्धार कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

सबै