काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेहरू सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन् ।
जसमध्ये गोपालबहादुर गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् भने नारदप्रसाद खतिवडा भने कलाकार हुन् ।
अध्यागमनको हिरासतमा रहेका ९ चिनियाँ नागरिकहरू छुटाइदिने भन्दै उनीहरूले ७२ लाखको डिल गर्दै ९ लाख लिएको प्रहरीले बताएको छ ।