काठमाडौंमा ठूलो परिमाणमा लागूऔषध बरामद, सर्लाहीका एकसहित ४ जना पक्राउ

गोडैता । काठमाडौँको नक्साल क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १ नागपोखरी बस्ने वर्ष ४३ को प्रभात तिवारी, सर्लाही जिल्लाको मंलगवा नगरपालिका- ८ का सुजन रायमाझी, काठमाडौँ महानगरपालिका- १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ र ललितपुरको बाग्डोल ४ बस्ने वर्ष ५१ को सविन श्रेष्ठ रहेका छन्।

उनीहरूको साथबाट ब्राउन सुगर २८९.३५ ग्राम, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, ब्राउन सुगर जोख्ने तराजु र लागुऔषधमा मिसाउने लिकुड केमिकल-२९ बोतल बरामद भएको सशस्त्रले जनाएको छ।

यस्तै, बा ७ च. ५१८० नम्बर को होण्डा गाडी, मोबाइल ४ थान, प्रिन्टर १ थान, नगद नेपाली रुपैयाँ एक लाख ९८ हजार ३७५, विदेशी मुद्रा ३३ डलर, भारतीय पैसा २०, जापानी येन १०००, संचार सेट २ वटा र ३ थान ल्यापटप पनि बरामद भएको छ।

नागपोखरी एरियाबाट लागुऔषध ओसारपसार तथा बेचविखन भइरहेको भन्ने विषेश सूचनाको आधारमा इन्टिलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण थापा र इन्सपेक्टर रवीन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि बाघभैरव नं १८ गणबाट अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै