सर्लाहीमा स्रोत नखुलेको १३ लाख नगदसहित दुई जना पक्राउ

मलंगवा । सर्लाहीको नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (बीओपी) संग्रामपुरबाट खटिएको नियमित गस्ती टोलीले पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाहीको पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षीय साजन मुखिया रहेका छन् ।

सीमा क्षेत्रमा नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरूको साथबाट नेपाली रु. १,००० दरका १,३०० थान (कुल १३ लाख रुपैयाँ) र दुई थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद नगद तथा मोबाइलसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवा, सर्लाहीमा बुझाइएको छ ।

बरामद रकमको वास्तविक स्रोत र यससँग जोडिएका अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै