लालबन्दी । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–१४ स्थित डाइनीखोलाबाट ६६० केजी गाँजा बरामद गरेको छ ।
बुधबार ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले डाइनीखोला स्थित दुई ठाउँमा लुकाएर राखेको गाँजा बरामद गरेको हो । गाँजा लुकाएर राख्ने दुईजनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका डीएसपी जिवन निरौलाले जानकारी दिए ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भएका ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ रहेका छन् ।
नर बहादुरले २६ वटा बोरामा प्याक गरेर ५६० केजी गाँजा लुकाएर राखेका थिए । जेसुन मायाले गोठमा लुकाएर राखेको अवस्थामा १ सय केजी गाँजा बरामद गरिएको डीएसपी निरौलाले जानकारी दिए ।
आरोपीहरूमाथि थप अनुसन्धानको लागी ब्युरोले इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाएको छ ।