महोत्तरीमा चोरीको मोटरसाइकलसहित सर्लाहीका युवक पक्राउ

लालबन्दी । सर्लाहीबाट चोरी भएको मोटरसाइकलसहित एक युवक महोत्तरीबाट पक्राउ परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–१ निवासी २० वर्षीय नितेश कुमार यादवलाई चोरीको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सर्लाहीको पर्सा गाउँपालिका–४ का राजकुमार यादवको आफ्नै घर अगाडि पार्किङ गरी राखेको बिआर ३० यु ५३७६ नम्बरको मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।

खोजीकै क्रममा महोत्तरीको गौशाला नगरपालिका–७ मनहरवा टोल मगरथानास्थित प्रहरी टोलीले यादवलाई उक्त चोरीको मोटरसाइकलसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद प्रसाद गौतमले जानकारी दिए।

मोटरसाइकलसहित पक्राउ परेका यादवलाई आवश्यक कानुनी कारबाहीका लागि सर्लाही ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै